Sep 28, 2021

मलाइ थाहा छ


हो !!

थाहा छ मलाइ , म बिना मर्छु भनेर धम्की पनि दिन्थेउ , हो येहि सोच बदल्न कति कोसिस गरे तर कैलै सम्झेनौ । तर आज्कल तिमी अक्सिजन बिना पो मान्छे मर्छ , मान्छे बिना किन मर्ने भन्ने तर्क दिन थालेछौ । कति खुशी लाग्छ मलाइ तिमी मा आएको यी परिवर्तन देख्न पाउदा । तर किन किन यी सब तिम्रा देखावटी आवरण  हुन जस्तो लाग्छ । तिमी सोच बद्लेर एक स्वतन्त्र नारी भएर अगाडि बढेको हेर्न चाहेको छु । nibba nibbi जस्तो माया प्रेममा हराएको हेर्न होइन । 

थाहा छ मलाइ , तिमी  भन्छौ 'तँ भन्दा कैयौं  राम्रा केटा पाएर देखाउछु ।' । अरे तिम्रो छवि यदि कोहि अर्को केटो आयेर उच्छ हुन्छ भने तिमी सधै एक मूर्ख नै रहनेछौ । आफू राम्रो बन , हुन त म तिमिलाइ सल्लाह दिने लायक नहुला । तर जे भोगेर बुझेको छु तेस्ले के भन्छ भने " अरुलाइ देखाउन गरिएको परिश्रमले कैलै पनि सफल  बनाउदैन  । जब आफुलाइ निखार्न परिश्रम गरिन्छ तब मात्र सफलता को मज्जा लिन सकिन्छ । " 

मलाइ थाहा छ , नारी को सम्मान गर्न तिम्ले केही हद् सम्म सिकाएको छौ । आज पनि म तेहि मार्ग मा छु , र म एक्दम सुकुन महशुस पनि गर्छु । निशा लाई गरेको गाली आज पनि याद छ , तेसैमा तिम्ले मलाई दिएको सुझाव पनि मनन छ । तर तिम्ले दिएको ज्ञान ले तिम्रो मम्मी लाई गालिगर्न बाट रोकेन । तिमिलाइ अपशब्द प्रयोग गर्न बाट रोकेन । पश्चाताप छ र हुनेछ सधै नै । 

मलाइ थाहा छ , म तिम्रो पहिलो प्रेम जुन तिम्रो अन्तिम सास सम्म याद हुनेछु । सुनेको छु मान्छे आफ्नो पहिलो अनुभव चाहेर पनि बिर्सिदैनन रे । तर तिम्लाइ मेरो याद ले पिर्ने भो नि है । तिम्ले आफ्ना नाति नातिना काख मा खेलाउदै गर्दा समेत तिमिलाइ  एउटा नाम सधै याद हुनेछ " कृता" । 

तर यार  बहुत नराम्रो लाग्छ जब देख्छु तिमी आफ्नो सकारत्मकता गुमाइ राखेको छौ । तिमिमा मान्छेलाइ हेर्ने नजर नै एक्दम आश्चर्यजनक  छ । आशा छ , म गलत साबित हुँ अनि तिमिलाइ सदैव अगाडि बढेको देखि जलन महशुस गर्न पाउँ । 


चिन्ता नगर , तिमी मेरो पहिलो प्रेम नभए पनि । अधुरो सपना जरुर हौ । जुन म कदापी भुल्ने छैन । तिम्रा लागि निशब्द म , शब्द सदैव कोर्ने छु ।

continued...



Lorem ipsum dolor sit amet, consectetuer adipiscing elit, sed diam nonummy nibh euismod tincidunt ut laoreet dolore magna Veniam, quis nostrud exerci tation ullamcorper suscipit lobortis nisl ut aliquip ex ea commodo consequat.

0 Comments:

Post a Comment

Contact Me

Phone :

+977 986 7123 563

Address :

New Baneshwor,
Kathmandu

Hey !

I Am